लुम्बिनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

उज्यालो प्रतिनिधि २८ जेष्ठ २०७८, शुक्रबार कोरोना [Covid-19] विशेष

लुम्बिनी । बेलायतको लण्डन शहरको वाटफोर्ड जनरल अस्पतालका नेपाली चिकित्सकको अग्रसरतामा ४० थान अक्सिजन कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका लागि पठाइएको छ । वाटफोर्ड अस्पतालमा कन्सलट्यान्ट फिजिसियनका रूपमा कार्यरत डा मोहन थापाले संयोजनकारी भूमिका गरी थालनी गरेको सहयोग अभियानमा सोही अस्पतालमा कार्यरत भारतीयमूलका अन्य चिकित्सकहरूले आफ्नो संस्था बिएपीआइओबाट सहयोगमा गरेका थिए ।

यसरी सङ्कलन गरिएको कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनाललाई बिहीबार हस्तान्तरण गरिएको डा थापाले जानकारी दिए । बेलायतस्थित कल्याणकारी संस्था, हेल्थ एक्सचेन्ज युकेका अध्यक्ष प्रा सत्येन राजभण्डारी तथा नेप्लिज डक्टर्स एशोसिएशन युकेले पनि ती उपकरण नेपाल पठाउन सहयोगी भूमिका निर्वाह गरेका थिए । त्यस्तै स्थानीयस्तरमा डायबिटिज नेपाल नामक संस्थाले सघाएको थापाले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताललाई हालसम्म पाएको सहयोगको सबैभन्दा बढी मात्रमा यसपटक सहयोग पाएको र कोभिडसँग लडिरहेका बिरामीका लागि अक्सिजन कन्सन्ट्रेटर निकै उपयोगी हुने बताउँदै सबै सहयोगीलाई डा खनालले धन्यवाद दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार