सभापति देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७८, बिहीबार समाचार

झापा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका सदस्य दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन । झापा निवासी पोखरेल विरामी भएपछि एक महिना अघिदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत रहेको र यही जेठ २५ गते ५२ वर्षको उमेरमा निधन भएको थियो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पोखरेलको निधनले झापा काँग्रेसले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाएको उल्लेख गर्दै उनीप्रती श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट आरम्भ गरेका पोखरेलले काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार