खेलाडीलाई खोपका लागि पहल शुरु

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७८, बिहीबार खेल

काठमाडौँ । प्रदेश खेलकुद परिषद्, गण्डकीले प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा सहभागी र १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई कोभिड १९ विरुद्धको खोपका लागि पहल शुरु गरेको छ ।

परिषदको बुधबार पोखरामा सम्पन्न बैठकले कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधिलाई चलायमान गर्न खोपका लागि पहल शुरु गर्ने निर्णय गरेको हो । परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले बैठकबारे जानकारी दिँदै भने, ‘‘खेल क्षेत्र अब टुलुटुलु हेरेर बस्न सक्दैन, खेलाडी र प्रशिक्षकलाई हामी मैदानमा उतार्न चाहन्छौ तर त्यो भन्दा अघि खोप हाम्रा लागि अनिवार्य हुन्छ ।’’

खेलाडीसँगै सबै जिल्ला खेलकुद विकास समितिका सदस्य र प्रशिक्षकलाई समेत कोभिडविरुद्धको खोपका लागि पहल शुरु गरिएको उनको भनाइ छ । परिषदको बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा तिन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको सदस्यमा परिषद्का सदस्य गिरमान गुरुङ र केशव पाठक रहेका छन । बैठकले असारको दोश्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार