खानीखोला, काभ्रे । काभ्रेमा चट्याङ लागेर एक बृद्धाको मृत्यु भएको छ । यस्तै, दुईजना घाइते भएका छन् । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका वडा नं. ४ स्थित् बाँसघारीका ७७ वर्षीय मायादेवी लोप्चनको चट्याङबाट घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर घाइते हुनेमा १५ वर्षीय छेवाङ लोप्चन र १० वर्षीय सञ्जिव लोप्चन रहेका छन् । घाइते छेवाङ र सञ्जिव मृतकका नातीहरु हुन् । विहीबार दिउँसो करिब ३ बजे लोप्चनको घरमा चट्याङ परेको थियो । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेकोे छ ।
त्यस्तै चट्याङ लागेर दुुई चौपाय समेत मरेको छ । स्थानीय भिम बहादुर लोप्चनकाले चट्याङ लागेर एक बाख्रा र एक कुखुरा मरेको जानकारी दिए ।