पूर्वी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७८, बिहीबार समाचार

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग वेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।

कालिका नगरपालिका वडा नम्बर १ को चतुर्मुखि सामुदायिक वनको संरक्षित वन क्षेत्रमा ८ दशमलब ५ इन्च लामो ४ सय ४५ ग्रामको खाग भेटिएको हो । भेटिएको खागलाई सुरक्षित रुपमा वन कार्यालयमा ल्याईएको छ । सामुदायिक वनका प्रतिनिधि र वन कार्यालयका प्रतिनिधिको रोहोवरमा मुचुल्का उठाई खाग ल्याइएको र सो खागलाई आजै चितवन राष्ट्रिय निकुञ्जमा पठाइने उहाँले जानकारी दिए । गैंडा एक आपसमा जुधेर खाग भाँचिएको हुन सक्ने अनुमान कार्यालयले गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार