ललितपुर महानगरलाई ‘फग मेशिन’ सहयोग

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७८, बिहीबार बागमती

काठमाडौँ । परिवर्तनका लागि संगीत नेपाल नामक संस्थाले कोरोना महामारी नियन्त्रणका लागि किटाणु नष्ट गर्ने ‘फग मेशिन’ सहयोग गरेको छ ।

बिहीबार महानगरमा संस्थाका तर्फबाट अध्यक्ष इश्वर बज्राचार्यले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई दुई थान उक्त मेशिन हस्तान्तरण गरेको हो । कोरोना संक्रमितको उपचारका लागि महानगरले सञ्चालन गरेको आइशोलेनका लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा महानगरका प्रमुख महर्जनले महानगरभित्र संक्रमितले उपचार नपाउने अवस्था नभएको बताए । कोरोना नियन्त्रण र उपचारका लागि महानगरले आइशोलेशन सञ्चालन गर्दै अन्य काम पनि अघि बढाएको बताए । उनले उक्त मेशिन दुई स्थानका आइशोलेशनमा कार्यान्वयनमा ल्याइने धारणा राखे ।

संगीत नेपाल नामक संस्थाले उपलव्ध गराएको उक्त मेसिनको लागत ६५ हजार दुइ सय रहेको बताइएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार