असारे रोपाइमा डराउदै किसान

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०७८, बुधबार १ नं. प्रदेश

प्रिशा बस्नेत,ताप्लेजुङ । यतिबेला शहर बजार कोरोनाले सुनसान बनेका छन् । गाउँघर तिर भने धमाधम असार सुरु हुन थालेको छ । त्यो उराठ लाग्दो खेत बारि , भिर अनि पाखा हरियाली देखिन थालेका छन् । कतै मकैले हरियाली देखिएको बारि ,वारि अनि पारी धानको ब्याडले हरियो देखिएको खेतका गरा , ,त्यसमाथि बर्खायामको गर्मी , मानो खाएर मुरि उब्जाउने बेला , अझ तेस्मा कोरोनाको त्रास ,घाम पानी न भनी दिन भरी पसिना बगाउदै खेत को बाजो जोत्न धमाधम देखिएका ती किसान । दिन भरी खेत बारिमै ब्यास्त देखिन्छन् ।

खोक्लिङ्का राम कुमार राई बर्सले ७२ पुगे, उनले बर्षमा १० मुरि मकै र ५५ मुरि धान उब्जनी गर्नु हुन्छ यतिबेला उनी मकै दोहोरे लागाउन धमाधम देखिन्छन । उनी भन्छन गाउँघर तिर असार लागेको छ बाजो जोत्ने बेला भयो ,मकै खेती हुनेको मकै दोहोरे लाउने बेला भयो,गाउँका युवा सबै बिदेशमा छन् । भएका युवायुवती पढ्नका लागि जिल्ला बहिर गाएका सबै लकडाउनले गर्दा गाउँ फर्कन पाएका छैनन् । पछिल्लो समय गाउँघरमा कोरोना ह्वात्तै बढेकाे छ । असार लाग्यो दिन भर खेतबारीमा ब्यास्त ,खेती गरौं जताततै कोरोना को त्रास ,नगरौ त छोराछोरीको भबिस्य देखि लिएर दैनिक आफ्नो परिवारको जीवन धान्नु छ। धान ,मकै बेच्नु को अरु आय श्रोत केही छैन। शहर बजार जताततै कोरोनाको माहामारी छ । यो महामारिकै बिचमा भएपनि खेती गर्नु पर्ने बाध्यता छ। न त छोराछोरीको पढाईनै पूरा हुन सक्यो न त घर फर्किने वातावरण नै छ । तर हामी किसानले मनोबल उच्च राखेर काम गर्नु को कुनै विकल्प नरहेको उनी भन्छन । पोहोर सालमा भन्दा यो साल खेती गर्न धेरै गाह्रो भएको छ । पोहोर साल गाउँ घरमा कोरोनाको त्रास थिएन तर यो साल शहर बजार जतिकै कोरोना फैलिएको छ ।

गत बर्ष त छोराछोरी पनि बेलैमा घर आउन पाएका थिए खेती गर्न सहज भएको थियो, तर यो बर्स भने बार्सिक परिक्षाले गर्दा आउन नपाएको गुनासो पोख्नु हुन्छ । रोग त छँदैछ अझ बढी भोकको चिन्ता छ। हातमुख जोड्न खेतित गर्नै पर्यो ।समयमै खेती नगरे बर्ष दिन खानका लागि अरुको मेलापात गर्नुपर्छ उनले भने । राईको परिवारमा २ नातिनातिना र उनकी श्रीमती मात्र छन । उनकी श्रीमती फुलमाया राई बर्षले ७० पुगे । उनी भनिन, दिन भर खेतबारि, मेलापात गर्यो साझ रेडियो सुन्दा आफ्नै साथि भाइको मृत्युको खबरले कता कता आफुहरु बिचल्लीत भइरहेको महसुस हुन्छ । दिनरात दु:ख गरेर कमाएको पैसा छोराछोरीलाई पठाउदै ठीक्क हुन्छ । छोराछोरिको पिर ,कोरोनाको त्रास, तर पनि आफ्नो छोराछोरीको भबिस्य र आफ्नो दैनिकी गुजारा गर्नकै लागि भए पनि खेती गर्नु को विकल्प नरहेको उनी बताउँछन ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार