समाजसेवी लोप्चनद्वारा खाद्य सामग्री हस्तान्तरणसँगै वितरण

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७८, मंगलवार बागमती

काभ्रे । दोस्रो लहरको कोरोना महामारीका कारण समस्यामा परेका नागरिकहरुका लागि स्वास्थ्य सामग्री हस्तन्तरण गरेको छ । समाजसेवी बुद्धिमाया लोप्चनले सम्पदा संरक्षण तथा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष शंखजित लामालाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

समाजसेवी लोप्चनले कोरोना महामारी विरुद्धको लडाईंमा आफू समस्या परेका नागरिकहरुसँगै रहेको बताए । कोरोनाको कारण चपेटामा परेका जनताको घरदैलोमा पुुगिरहेको र उनीहरु रोगले भन्दा पनि खाद्यन्न अभावले थप समस्यामा नपरुन् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उनको भनाई छ । समाजसेवी लोप्चनले समितिलाई चामल, दाल, तेल, नुुन लगायतका खाद्य सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त खाद्य सामग्री लोप्चनले हस्तान्तरण गरेसँगै समितिका अध्यक्ष लामाको रोहबरमा रोशी गाउँपालिका वडा नम्बर २ का नागरिकलाई राहतस्वरुप वितरण गरिएका छन् । त्यस्तै समितिका अध्यक्ष लामाले संकटमा परिरहेको बेला खाद्य सामग्री उपलब्ध गराएकोमा गाउँबासीको र समितिको तर्फबाट समाजसेवी लोप्चनलाई धन्यवाद दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार