जनताका पक्षमा द्रुत गतिमा काम गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका पक्षमा द्रुत गतिमा काम गर्ने बताएका छन ।
आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले विश्वासको मत आउनुले नै सरकारले राम्रो काम गरेको स्पष्ट भएको बताउँदै जनअपेक्षा पूरा गर्ने जनाएका हुन । उनले भने,‘‘लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न विश्वासको मत प्राप्त भएको ठानेको छु ।’’ उनले आगामी दिनमा सबैलाई सँगै लिएर प्रदेशको विकास र समृद्धिका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टका पक्षमा माओवादी केन्द्रका १३ र नेकपा (एमाले) बाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ गरी ३० सदस्यले मत दिएको थियो । प्रदेशमा १२ सदस्य रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठकमा उपस्थित भएरपनि तटस्थामा रहेको थियो भने एमालेको संस्थापन पक्षका सात र जनता समाजवादी पार्टीका दुई सदस्यले विपक्षमा मतदान गरेको थियो ।

एमालेका प्रदेशसभा सदस्य लीलाधार भट्टले नियमावलीबमोजिम मुख्यमन्त्रीले सचिवालयमा प्रस्ताव प्रस्ताव दर्ता गराएको ४८ घण्टा नपुग्दै छलफल शुरु गरिएको भन्दै नियमापत्ति गरेकोथियोे । एमालेको स्थायी समितिको यही जेठ १० गतेको बैठकले सुुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णय विपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकको बहुमतले हाललाई समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार