मुख्यमन्त्री भट्टलाई कांग्रेसको समर्थन

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएको छ ।कांग्रेस संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उहाँका पक्षमा मतदान गर्ने निर्णय गरेको नेका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले जानकारी दिए ।

प्रदेशसभामा कांग्रेसका १२ सदस्य छन् । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुने जनाइएको छ । मुख्यमन्त्रीलाई २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सदस्य रहेकामा एमाले संसदीय दलसमेतले समर्थन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)का सदस्यले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने भएका छन् । केन्द्रमा भएको सत्ता समिकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीको भनाई छ । प्रदेशसभामा जसपाका चौधरी र मालामति राना गरी दुई सदस्य रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार