मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिए ।

मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले असहयोग गर्न भनि दलका सदस्यलाई ह्वीप जारी गरी पत्र पठाएको तर दलको बैठकले पार्टीको निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । प्रदेशमा एमालेका २४ जना सदस्य रहेको संसदीय दलको बैठकमा छ जना प्रदेशसभा सदस्य सहभागी भए पनि उपस्थिति भएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, रतन थापा, नेपालु चौधरी र माया लामा तामाङले उपस्थिति नगरेको जनाइएको छ । उनीहरूले सदनमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाइएको छ । बाउन्न जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले एमालेबाट १७ र नेकपा (माओवादी केन्द्र)बाट १३ गरी ३० मत पाउने निश्चित भइसकेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक भने जारी छ । नेपाली कांग्रेसले केन्द्रको निर्णयअनुसार अघि बढ्ने जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार