सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माओवादी केन्द्र सुनकोशी गाउँ कमिटी वडा नम्बर ६ ले नि:शुल्क यातायात सेवा सुरू गर्ने भएको छ । गाउँ कमिटि अध्यक्ष एवंम सचिव अमर लामाले बैठकबाट वडाभित्रका सबै प्रकारका विरामीहरुलाई नि:शुल्क यातायात सेवा दिने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्र सुनकोशी गापाको वडा कमिटीको शनिबार बसेको बैठकबाट आइतबार देखि वडा भित्रका सबै खालका बिमारीलाई नि:शुल्क रूपमा यातायात सुविधा दिने गरि निर्णय गरेको हो ।
कोरोनाको विषम परिस्थितिमा गाउँ कमिटीको पहलमा स्थानीय जनताको सहजीकरणका लागि घरदेखि अस्पतालसम्म बिमारी पुर्याउन नि:शुल्क यातायात सेवा सुरू गरेको वडा पार्टी कमिटी बैठकले निर्णय गरेको रेशम पाख्रिनले जानकारी दिए ।।
वडा कमिटीले पाख्रीनको बा.६ च ९९६५ नं को गाडीमार्फत बिरामीलाई सेवा शुरु गरेको हो । त्यस्तै वडा कमिटीले गाडी सेवाको लागि रेशम पाख्रिन 9866470466, बलराम कार्की 9851243670, बसन्त भण्डारी 9841479292, मिम बहादुर योञ्जन 9862432300 र रामशरण श्रेष्ठ 9841602863 लाई समेत सम्पर्क गर्न सकिनेछ्न ।