बैंकका लागी शहर धाउनुपर्ने बाध्यता हट्यो

उज्यालो प्रतिनिधि १९ जेष्ठ २०७८, बुधबार अर्थ

प्रिशा बस्नेत, ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ बाल्देन माबी पापुङका शिक्षक पुर्ण सावाँ यो भन्दा ४/५ महिना अघि सम्म शिक्षकको तलब देखि लिएर आर्थिक कारोबारका लागि पैदल १ दिन हिंड्थे । उनलाई जान आउननै २ दिन लाग्थो,अझ काम सकेर फर्किन त ४/५ दिन नै सदरमुकाम बस्नु पर्ने बाध्यता हुन्थो ,सदरमुकाम बस्दा एक त खर्च नि धेरै हुन्थो, यता विद्यार्थीको पढाइ नी बिग्रिन्थो , तेसै त विकट ठाँउ भनेर चिन्न सकिने गाउँ न त यातायातको सुबिधा न त बैंककै ।

पछिल्लो समय आफ्नै गाउँपालिकामा सेन्चुरी बैंकले कारोबार सुरुवात गर्न थाले संगै आफूहरु ५ दिन सम्म सदरमुकाम बस्नु पर्ने बाध्यता हटेको उनि बताउछन् । पापुङ बाट गाउँपालिकाको केन्द्र पुग्न १ घन्टा पैदल हिडेर गाडी लाग्ने ठाँउ सम्म पुग्न सकिन्छ ,गाडीबाट १ घन्टामा मात्र गाउँपालिकाको केन्द्र पुग्न सकिने उनि बताउछन् । यता मिक्वाखोला ४ सावाँका अलैंची कृषक सुकहाङ लिम्बु भन्छन पहिले १,२ हजार पैसा निकाल्न सम्म सदरमुकाम नै पुग्नु पर्थो, ऋण लिनको लागित भन्न सकिन्न थियो ।

ऋणलिन भन्दा बजार बस्दा बढी ऋणलिएर जानू पर्थो । त्यसमा ढिला पुगे काममा पनि उतिकै ढिला हुने गर्थो, अझ गाउँबाट आएको भन्ने बितिकै सेवा सुबिधा अलि ढिलो नै हुने गरेको लिम्बू बताउछन् तर अहिले आफ्नै गाउँपालिका बाट सेवा सुबिधा लिन पाउँदा सहज भएको छ। पहिला ५० हजार ऋण लिनका लागि ३ दिन सदरमुकाम बस्नुपर्ने हुन्थो । सावाँ बाट सदरमुकाम पुग्न भने ७ घन्टा पैदल हिंड्नु पर्ने हुन्थो । तर बैंकले अहिले एक लाख देखि दुई लाखको सम्झौता गर्न सदरमुकाम जानु नपर्ने र गाउँपालिका बाटै सम्झौता गर्दै आएकोले सहज भएको उनी बताउछन् ।बैंकका साखा प्रबन्ध पुस्पराज पौडेलका अनुसार २ लाख सम्म गाउँपालिका बाट दिन सकिने र अहिले कोरोनाका कारण पैसा जम्मा गर्नेको संख्या घटेकोले २ लाख भन्दा धेरैको कारोबारका लागि सदरमुकाम बाट पैसा झिकाउनु पर्ने हुन्छ ।पैसा निकाल्नेको तुलनामा जम्मा गर्ने ५ प्रतिशत मात्र रहेकोले ठुलो कारोबारका लागि सदरमुकाम नै जानू पर्ने पौडेलले बताए । तर पहिलेको जस्तो सदरमुकाम बस्नु पर्ने भने कुनै सेवाग्राही लाई नपर्ने भएको उनले भने ।अहिले कोरोनाका कारण सेवाग्राही पनि खासै नआएको पौडेलले जानकारि दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार