ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको निधन भएको छ । निधन हुनेमा जिल्लाको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ८१ वर्षीया वृद्धा रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड फोकल पर्सन हेमराज कठायतले जानकारी दिएका छन ।
उनका अनुसार जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मंगलबार दिउँसो ४ बजे वृद्धाको निधन भएको हो । वृद्धालाई आइतबार एन्टिजेन पोजेटिभ देखिएको थियो । यो सहित ताप्लेजुङमा कोरोनाका कारण निधन हुनेको संख्या ११ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।