ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलका एक युवक कावेलीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । वेपत्ता हुनेमा १९ वर्षीय दिनेश चौहान रहेको छ । मंगलबार विहान ११ बजे आम्बेगुदिन र मेहेले जोड्ने निर्माणधीन पुलको छेउमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले वेपत्ता चौहानको खोजी जारी रहेको जनाएको छ । तेल्लोक र आम्बुगुदिन प्रहरी चौकीबाट प्रहरीको टोलि खोजिकार्यको लागि खटेको प्रहरी कार्यालयले जनाएको छ ।