चिनियाँ राष्ट्रपति जिनपिङद्वारा सिरियाली राष्ट्रपति असदलाई बधाई

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७८, मंगलवार विश्व

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिएका छन ।राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाएका हुन ।

सिरियामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित भएको थियो । राष्ट्रपति सि जिनपिङले सो सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताएका छन ।

राष्ट्रपति सि जिनपिङले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश हो भनेका छन । आगामी दिनमा सिरियाका राष्ट्रपति असदको समयमा चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि राष्ट्रपति सि जिनपिङले सो सन्देशमा व्यक्त गरेका छन ।

उनले कोभिड १९ का विरुद्धमा अहिले विश्वले संघर्ष गरिरहेको छ भन्दै आगामी दिनमा सिरियालाई पनि चीनले यो महामारीका विरुद्धमा लड्न सहयोग गर्ने बाचा गरेका छन ।

सिरियामा केही वर्षदेखि राष्ट्रपति असदका विरुद्धमा आन्दोलन जारी रहेको छ । यहाँका जनताले प्रजातान्त्रका लागि गरेको संघर्षमा परेर चार लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार