समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिन्छ : मुख्यमन्त्री पोखरेल

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०७८, सोमबार लुम्बिनी

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेले जनतको बहुलीय जनवाद (जबज) को मार्गदर्शनमा रहेर राज्यको भूमिकालाई बढाएर निजी क्षेत्रको सहकार्यमा समृद्धि हुँदै समाजवादको बाटोमा जान सकिने बताएका छन ।

राष्ट्रिय महिला अधिकार दिवसका सन्दर्भमा आज अखिल नेपाल महिला सङ्घले आज भर्चुअलरुपमा आयोजना गरेको ‘जबज, नेपाली महिला आन्दोलन र प्राप्त उपलब्धी’ विषयक कार्यक्रममा उनले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माको नेतृत्वमा उक्त समृद्धिको यात्रा सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘‘कार्ल माक्र्सले नेपाली समाजको बहुलतासहितको अध्ययन गर्न पाएको भए माक्र्सवादमा त्यसबेलै केही परिमार्जन हुन्थ्यो । जननेता मदनकुमार भण्डारीले माक्र्सवादलाई सिर्जनात्मक प्रयोग र विकास गर्दै ‘जबज’ प्रतिवादन गरे । हामी ‘जबज’ लाई खोपाको भीमसेन बनाउने पक्षमा नभई यसलाई समाजवाद स्थापनाको यात्रामा क्रमिक विकास गर्दै अघि बढिरहेका छौँ ।’’

एमालेका केन्द्रीय सदस्य डा वृन्दा पाण्डेले आधुनिक समाजमा पनि पितृसत्तात्मक प्रवृत्तिविरुद्ध महिलाहरु सङ्घर्षरत हुनु परेकाले समृद्धि र महिला आन्दोलनलाई जोड्न नसकिएमा समाजवाद हासिल नहुने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार