वाइसियल दाङ लमही नगरकमिटीले गर्‍यो रक्तदान

उज्यालो प्रतिनिधि १६ जेष्ठ २०७८, आईतवार लुम्बिनी

शिवु खनाल,दाङ । विभिन्न स्थानमा रगतको अभाव हुन थालेपछि योङ कम्युनिष्ट लिग(वाइसीयल) ले रक्तदानको कार्यक्रम शुरु गरेको छ । रगत अभावकै कारण कसैको ज्यान नजाहोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुरु गरिएको बताइएको छ । वाइसियल दाङ लमही नगरकमिटीको आयोजनामा लमहीको रक्तसंचार सेवा केन्द्रमा रक्तदान गरिएको हो ।

वाइसियल लमही नगर इन्चार्ज प्रसान्त चौधरीका अनुसार आइतबार लमही नगर क्षेत्रबाट १४ जनाले रक्तदान गरेका छन् । वाइसियल सधै जनसेवा र जनजीवीकाका केन्द्रित हुन्छ, यसपाली कोभिड १९ को सङक्रमणका कारण रक्तदान गर्नेको संख्या कम भएका कारण विरामीको लागि रगत अभाव हुन नदिन रक्तदानको अभियान संचालन गरेका हौँ, इन्चार्ज चौधरीले भने ।

यस्तै रक्तदान गर्ने रक्तदाताहरुले पनि आफुहरुको रगतबाट रगत अभावकै कारण कुनै बिरामीको ज्यान नजाहोस भन्ने उद्देश्यका साथ रक्तदान गरेको बताएका छन् । यस्तै रक्तदान पछी पत्रकारसंग कुरा गर्दै वाइसियल लमही नगर अध्यक्ष लेलीन बन्जाडेले लमही नगर वाइसियलले यस्ता सिर्जनसिल कामलाई निरन्तरता दिइराख्ने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार