कालीमाटी तरकारी बजार भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७८, बिहीबार फोटो समाचार

काठमाडौं । देशकै ठूलो परिणाममा तरकारी भित्रिने बजार कालीमाटीमा भित्रिने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निषेधाज्ञाको समयावधिभर बजारमा भीडभाड नहोस् भनेर मङ्गलबारदेखि बजार प्रवेश गर्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लगानी गरेको हो ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले निषेधाज्ञाको समयमा पनि बजारमा भीड कम नभएपछि कालीमाटी बजार विकास समितिले ढुवानीका गाडीमा जोर–बिजोर प्रणाली लागू गरेको जानकारी दिए ।

बजारमा तरकारी खरिद गर्न आउने सवारी साधनका कारण हुने भीडभाडलाई कम गर्नका लागि जोर–बिजोर प्रणाली लागू गरिएको श्रेष्ठले जानकारी दिए ।

बजारमा जोर–बिजोर लागू भएसँगै भीडभाड केही घटेको उनको भनाइ छ । उनका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका सवारी साधन चल्नेछन् । यो नियम कालीमाटीमा भित्रिएको तरकारी खरिद गर्न आउने सवारी साधनमा मात्रै लागू हुनेछ । कालीमाटी बजारमा तरकारी लिएर भित्रिने सवारी साधनमा भने यो नियम लागू नहुने समितिले स्पष्ट पारेको छ । समितिका अनुसार कालीमाटीमा तरकारी लिन जाने पाउने सवारीहरू बिहान ८ः०० बजेभित्र बजार प्रवेश गरिसक्नु पर्नेछ, त्यसपछि प्रवेश गर्न पाइने छैन ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार