राष्ट्रियसभा निर्वाचन : ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७८, आईतवार समाचार

काठमाण्डौँ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि पिसिआर रिपोर्ट देखाउन, साबुनपानीले हात धुन तथा स्यानिटाइजर प्रयोग र मास्कलाई अनिवार्य गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

कोभिड– १९ संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधि सबैले अनिवार्य रुपमा पिपिइ प्रयोग गर्नुपर्ने व्यवस्था गरिने छ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस शिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत मतदान सामग्री तथा मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणनास्थलमा मतपेटिका खोल्नुअघि अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिने जनाइएको छ ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधान स्वास्थ्य सुरक्षा मापदण्डमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार