पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७८, आईतवार विश्व

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् ।

प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो ।
घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरुले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरुलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ । स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताउनु भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार