पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७८, आईतवार समाचार

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य सम्पन भएको छ । गत वैशाख पहिलो सातादेखि जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य शुरु भई पाँच स्थानीय तहमा सम्पन्न भएर कोभिड–१९को सङ्क्रमणका कारणले गत हप्ता स्थगित भएको छ । पाँच स्थानीय तहमा जम्मा २४ हजार २०४ जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन भएको छ ।

फक्ताङलुङ गाउँपालिकामा चार हजार ६८६ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन ताप्लेजुङका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालयका सीमा प्रशासन अधिकृत सूर्यप्रसाद दाहालले बताए । आठराइत्रिवेणी गाउँपालिकामा पाँच हजार २६५ जानको विवरण सङ्कलन भएको छ । त्यस्तै मैवाखोला गाउँपालिकामा चार हजार २८२ र फुङ्लिङ नगरपालिकामा छ हजार ८९५ जनाको विवरण सङ्कलन भएको दाहालले बताए ।

मेरिङदेन गाउँपालिकामा छवटा वडा भएकामा १, २ र ३ वडा गरी जम्मा तीन हजार ७७ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको छ । वडा नं ४, ५ र ६ मा विवरण सङ्कलन हुन बाँकी रहेको कम्युटर अपरेटर वसन्त निरौलाले बताए । दिन प्रतिदिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विवरण सङ्कलन स्थगन गर्नुपरेको हो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आएपछि अनुकूल समयमा बाँकी गाउँपालिकामा विवरण सङ्कलन हुने निरौलाले बताए । पाथीभरा याङवरक, सिरिजङ्घा, मिक्वाखो र सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गर्न बाँकी रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार