खैरो हिरोइनसहित पक्राउ

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७८, आईतवार समाचार

काठमाडौँ । बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकामा गस्तीका क्रममा सशस्त्र प्रहरीले २५ वर्षीय नरेश जोशीलाई हिजो साँझ सात ग्राम प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका व्यक्तिले भारतीय नागरिकबाट केही सामान लिएको शङ्का लागि जाँच गर्दा खैरो हिरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । पक्राउ परेका जोशी शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ ।

जोशीलाई मोबाइल दुई थान, क्यामेरा एक थान, बैंकको चेक पाँच थान, एटिम एक थान, सुदूरखबरको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन टे«ड कन्सर्नको नाममा रहेको मोटरसाइकलको ब्लुबुकसहित बरामद गरिएको छ । बरामद लागुऔषध र अन्य सामानसहित जोशीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार