पत्रकारलाई स्वास्थ्य सामग्री र खाद्यान्न वितरण

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७८, आईतवार बागमती

काठमाडौँ । प्रेस सङ्गठन नेपाल काभ्रेपलाञ्चोकले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेको छ । सङ्गठनले व्यवसायी र सङ्घसंस्थाको सहयोगमा पत्रकारलाई सामग्री वितरण गरेको हो ।

सङ्गठनले जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा रहेर कोरोना प्रभावका बेलामा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारलाई सहयोगस्वरुप स्यानिटाइजर, मास्क, भिटामिन क्याप्सुल र साबुनलगायतका स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष रामकृष्ण बञ्जाराले बताए । “अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारका लागि सहज होस् भन्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाको सहयोगमा करिब ४० पत्रकारलाई सो सामग्री वितरण गरेका हौँ”, उनले भने, “त्यससँगै निषेधाज्ञाका बेलामा गाउँबाट पत्रकारिताका लागि शहरमा आएर भाडामा बस्ने पत्रकारलाई सहयोगस्वरुप खाद्यान्नसमेत वितरण गरेका छौँ” उनले भने, । सङ्गठनले १३ पत्रकारलाई खाद्यान्न वितरण गरेको उनले बताए ।

पत्रकारलाई सहयोगका लागि इस्क्रा कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर टीकाबहादुर तामाङ, दीपलक्ष्मी एग्रिगेट एण्ड मिनिङ प्रालि र अन्य व्यवसायीको सहयोगमा सामग्री वितरण गरेको सङ्गठनले जनाएको छ । यसअघि काभ्रेपलाञ्चोकका नेपाल पत्रकार महासङ्घले जिल्लामा सञ्चालित सञ्चारगृहमार्फत पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण गर्नुका साथै प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारका लागि स्वास्थ्य सामग्री वितरण गरेका थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार