जनस्वास्थ्यको भुमिकालाई नबुझदाको परिणाम

उज्यालो प्रतिनिधि ३० बैशाख २०७८, बिहीबार

जमुना वाईबा/

कोरोना भाइरसले विश्वलाइ नै त्रसित बनाएको बेला नेपालमा भने रोगलाई कसरी नियन्त्रण तथा रोकथाम भन्दा पनि आफनो पद कसरी जोगाउने, कहिले राजीनामा त कहिले पद पुनस्थापना, कहिले ससंद विघटन त कहिले पाटी विभाजित त कहिले पार्टी एक हुने कुराले चिन्तित छन । यी यावत क्रियाकलापलाइ भन्दा स्वास्थ्यलाइ पहिलो प्राथमिकता दिन जरुरी देखिन्छ ।

हामी नेपालीहरुमा के गुज्रीरहेको र सामाना गरिरहेको छ भने त सबैमा अबगत नै छ । धेरै जसो नेपालीहरु दैनीकी ज्यालामजदुरी गरेर आफनो जीविको पार्जन गर्छन । तर त्यो गरिखाने बाटो पनि लकडाउनले ठप्पै भएको छ ।

विप्पन समुदायको परिवारले नेपाल सरकारको सहयोग को अपेक्षा गरिरहेको छ । कोरोनाको केश दिनहु बढढै गइरहेको समाचार सम्प्रेसन हुदा शीर्ष भनिएको दलका नेताहरु भने बैठक संघीय संसद भबनमा बैठक बसी लाखौ खर्च गरिरहेको छन । विशम परिस्थितीमा बसेका ससंद बैठकमा खर्च हुने लाखौ बजेटले विप्पन समुदायको आम मानिसहरु एक छाक टार्न पाउदा उनीहरु ह्र्षले दँग हून्थे ।

लाखौ बजेट संसद बैठकमा खर्चिनुको सटा जनस्वास्थ्य तिर खर्चिदा निकै नै प्रभावकारी देखिन्थ्यो । सर्बप्रथम नेपाल सरकारले जनस्वास्थ्य भनेको के हो र उनीहरुको भुमिका बारे बुझन जरुरी छ ।

जनस्वास्थ्य भनेको सरकारले थोरै लगानीमा पनि गर्न सक्ने एउटा उतम काम हो । ।सरकारले थोरै लगानीमा पनि धेरै उपलब्धीहरु हसिल गर्न सकिन्छ जस्तै : जीवनमा गम्भीर र दीर्घ स्वास्थ्य समस्याहरु रोक्न सक्छ ,जुन औषधी उपचारको तुलान्तमक रुपमा सस्तो पनि पर्दछ, प्रारम्भिक रोकथाम र नियन्त्रणबाट जनतालाइ मात्र नभइकन राज्यलाइ समेत फाइदा पुर्याउछ ।

गत बर्ष नै जनस्वास्थ्य को मापदण्डसहीत स्रोत र साधान जनशक्तिको पचिालन गरेको भए हालको अबस्था सिर्जना हुदैन्थ्यो। अझै पनि हामीले जनस्वास्थ्यको भुमिका र महत्व बुझन सकेन भने देशले ठुलो क्षति व्यहोरनु पर्ने छ । केश अनुसन्धान र सम्र्पक टे्रसिङ हरेक महानगर, उपामहनगर, नगर र गाउँपालिकामा जनस्वास्थ्यको भुमिका उल्लेख भएता पनि अहिलेसम्म लागु भने हुन सकेको छैन । त्यसकारणले अब भने ढिला नगरीकन जनस्वास्थ्यकर्मीहरुलाई परिचालन गरी कोरोना भाइरसको महामारीलाई नियन्त्रण, रोकथाम तथा निर्मुलीकरण गर्न तर्फ लाग्नुपर्दछ । राम्रोसगँ गरिने घटना, अनुसन्धान,,सम्पर्क पहिचान, संक्रमित बिरामीको आइसोलेसन अनि जोखिममा रहेकोकोहरुलाई क्वारेन्टिन यी नै संकटको समाधान गर्ने उपायहरु हुन ।

ट्राफिक पुलिस, शिक्षक, समाजसेजी इत्यादिर्ले भन्दा जनस्वास्थ्य विज्ञहरुले नै जनचेतना दिदा सान्दर्भिक तथा प्रभाबकारी हून्थ्यो ।

जति नियन्त्रण,रोकथाम, सुरक्षात्मकलाई अगाडी बढाउन सक्छौ त्यति नै रोगलाई फैलाउनबाट कम गर्न सकिन्छ । मानिसहरुमा जनचेतनाको अभावको कारणले कैयौँ मानिसहरुले दिन दिनै ज्यान र आफनाले आफनतहरु गुमाउनु परेको छ र आर्थिक अभावकै कारणले पनि मृत्युको सिकार बनिरहेको छ ।

रोग लाग्नु भन्दा रोगलाई समयमै रोकथाम तथा नियन्त्रण गर्न सक्यौँ भने मृत्युदर र बिरामीदरको सँख्यालाई कम गर्न सकिन्छ । तसर्थ उपचार र निदानलाई भन्दा रोकथाम र नियन्त्रणलाई जोड दिनुपर्दछ । यसको मतलब यो होइन की उपचार नै नगर भनेको होइन ।

गत बर्ष ५ महिनामा देखिने संकम्रण अहिलेको अहिलेको नयाँ भेरियन कोरोना भाइरस एकै दिनमा संक्रमित भइरहेको छ । दिनदिनै भयानक रुपले देशव्यापी फैलिदै छ । मृत्यु हुनेको संख्या र बिरामी दर दिनानु दिन बढिरहको छ । हामा सबैले अपनायनु पर्ने मापदण्डहरु यसप्रकारको छन सामाजिक दुरी, मास्कको प्रयोग, साबुनपानिले हात मिचिमिचि धुने, राम्रोसगँ गरिने घटना, अनुसन्धान,,सम्पर्क पहिचान, संक्रमित बिरामीको आइसोलेसन अनि जोखिममा रहेकोकोहरुलाई क्वारेन्टिन , सरसफाइ यी सबैले संक्रमण रोक्न र बचाउन सहयोग गर्छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *