काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ४८ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ३३ लाख ४० हजार ४५६ पुगेको छ ।
भारतमा १ करोड ९३ लाख ७६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ९ हजार ५५७ छ ।
यस्तै त्यहाँ एकैदिन ४२ सय संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५४ हजार २२५ पुगेको छ ।