सय शय्याको कोरोना अस्पताल बनाउन शुरु

काठमाडौँ । प्रदेश २ सरकारले छुट्टै १०० शय्याको कोरोना अस्पताल निर्माण आजदेखि शुरु गरेको छ । जनकपुरधामको वडा नंं १४ मुजेलियामा रोकिएर रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा कोरोना अस्पताल बनाउन थालिएको हो । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर भगवान झाले अस्पताल बनाउन छोटो प्रक्रिया मार्फत टेन्डर आव्हान गरेको प्रदेश सरकारले दुई चरणमा निर्माण सक्ने योजना रहेको बताए ।

बीस शय्याको आइसियु सहितको संरचना १५ दिनमा सक्ने लक्ष्य छ । तीन करोड २५ लाखमा बन्ने उक्त अस्पतालमा कोरोना सङक्रमितको सबै प्रकारका उपचारका सुविधाहरू रहने छ ।
जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले गृहकार्य थालीसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रादेशिक कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय एवम् मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा सो अस्पताल बनाउन लागिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार