कोभिडविरुद्ध जुटे डोल्पाली कर्मचारी

डोल्पा । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणविरुद्ध डोल्पामा कार्यरत कर्मचारी जुटेका छन् । जुम्ला घर भई डोल्पाका विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा व्यवसायीले कोरोना संक्रमणसँग जुध्न आज विपद् व्यवस्थापन समिति गठन गरेका छन् ।

जुम्ला निवासी कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक गोर्खबहादुर बुढ्थापाका संयोजकत्वमा ११ सदस्य विपद् समिति गठन गरिएको छ । समितिले कर्मचारी तथा व्यवसायीबाट प्रतिव्यक्ति रु पाँच हजार संकलन गर्ने र कोभिडको सम्भावित विपद् व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको संयोजक बुढ्थापाले जानकारी दिए ।

बुढ्थापाले भने, “कोभिड संक्रमित भइहाले बिरामीलाई तल लैजान डोल्पामा हेलिकप्टरको विकल्प छैन । त्यसैले रु दुईतीन लाख जम्मा हुने गरी कोष खडा गरेका छौंँ । यो महामारीमा पूर्वतयारी नगरे जो कोहीको ज्यान जान सक्छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार