महोत्तरीको अन्धाअन्धीमा भक्तजनको घुँइचो

उज्यालो प्रतिनिधि २८ बैशाख २०७८, मंगलवार समाचार

महोत्तरी । महोत्तरी जिल्लाको अन्धाअन्धी स्थानमा आज आमाको मुख हेर्ने दिनमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा यस ठाउँमा ठूलो मेला लाग्ने गर्दछ ।

वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो लागेको छ । धनुषा जिल्लासँग जोडिएको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुषहरु दर्शनका लागि आउने गरेको स्थानीयवासी नरेन्द्र यादवले बताउनुभयो ।
आमा, बुवा नभएकाहरुले यस स्थानलाई आफ्ना आमाबुवाको सम्झनाको केन्द्र वनाउने गर्दछन् । आजका दिन यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको स्थानीयवासी राजाराम रायको भनाइ छ ।
रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी आमाबुबालाई बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाँण लागी मृत्यु भएको र आफ्ना छोरा मरेको सुनेर आमाबुबा पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्बदन्ती छ ।

अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि नै यो स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित भएको छ भने यस स्थानमा विभिन्न समयको अन्तरालमा मन्दिर पनि वनाइएको थियो । सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्बद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक स्थान ओझेलमा पर्दै गएको स्थानीयको गुनासो रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार