काठमाडौँ । “मानब अधिकारको लागी एकल महिला समुह” whr को विशेष आयोजनामा तथा नेपाल चिकित्सक संघको सहकार्यमा स्वस्थ भोजन सेवा अभियान सञ्चालन गरिएको छ ।
उक्त अभियान काठमाडौँ उपत्यकाका सरकारी अस्पताहरूमा कार्यरत कोरोना बिरामीको सेवामा खटिएका स्वास्थयकर्मीहरू लगाएत एम्बुलेन्स चालक, शव ब्यबस्थापनमा खट्ने सरकारी अस्पतालहरूका सबै कर्मचारीहरुलाई बैशाख २६ गत्ते आईतबारदेखि सञ्चालन गरिएको हो ।
स्वस्थ भोजन सेवा अभियान बिर अस्पताल, कान्तिबाल अस्पताल, हृदय गंगालाल अस्पताल, प्रसुति गृह, ओम अस्पताल, नेपाल चिकित्सक संघ र केहि स्वास्थ्य चौकिहरूमा सञ्चालन गर्दै आएको र अन्य अस्पातलहरुमा सेवा थप गर्दै जाने समाजसेवी एंव whr का संस्थापक लिली थापाले बताइन ।
“यस्तो संकटको समयमा हामी तपाईले मानविय परोपकार कार्यमा मनखोलेर साथ, सहयोग तथा समन्वयन गरिदिनु हुन पनि हार्दिक आपिल गर्न चाहन्छु ।” थापाले भनिन ।