धादिङ । पछिल्लो २४ घण्टायता धादिङको गल्छी गाउँपालिकामा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले बताएको छ ।
कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ३५८ र जिल्ला बाहिर १५३ गरेर धादिङ्ग जिल्लामा जम्मा सक्रिय संक्रमितको संख्या ५११ पुगेको छ ।
जिल्ला भित्र होम आइसोलेसनमा ३२५ र हस्पिटल आइसोलेसनमा ३३ रहेका छन भने जिल्ला बाहिर होम आइसोलेसनमा १४६ र हस्पिटल आइसोलेसनमा ७ रहेका छन् ।