धादिङमा बुधबार ३८ जनामा कोरोना पुष्टि

धादिङ । बुधबार धादिङमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका १० जना, धुनीबेशी नगरपालिकाका ४ जना,गजुरीका ४,बेनिघाटका २, ज्वालामुखीका ६, गंगाजमुनाका २, थाक्रेका ५, सिद्धलेकका २ र खनियाबासका १ जना र पालिका नखुलेका २ जना गरी कुल ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ४८७ पुगेको छ । संक्रमित मध्ये ३४३ जना जिल्लाभित्र र १५३ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।

जसमा जिल्ला भित्र होम आइसोलेसनमा ३१६ जना, धादिङ्ग अस्पतालको आइसोलेसनमा २७ जना रहेका छन् भने जिल्ला बाहिर होम आइसोलेसनमा बस्नेको संख्या १४६ र अस्पताल आइसोलेसनमा बस्नेको संख्या ७ रहेको छ। यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ५३ पुगेको छ ।

कोरोना संक्रमणबाट गजुरीमा १ जनाको मृत्यु भएसँगै जिल्लाको मृत्यु संख्या १८ पुगेको छ । जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १५३६ रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार