अमेरिकाको क्यालिफोर्नियामा नेपाली विद्यार्थी रोजी रानाको निधन

उज्यालो प्रतिनिधि २२ बैशाख २०७८, बुधबार समाचार

अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली विद्यार्थीको निधन भएको छ । अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी २८ बर्षीय रोजी रानाको निधन भएको हो । उनी क्यालिफोर्निया राज्यको सेक्रमेन्टो सिटीमा बस्दै आएकी थिइन् ।

एक अनौठो रोगको कारण सेक्रमेन्टोस्थित सटर जनरल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको छ । नेपालस्थित कास्की जिल्ला घर भएकी रानाको शवलाई कतार एयरलाइन्स मार्फत आज नेपाल ल्याइएको छ ।

विद्यार्थी भिषामा अमेरिका गएकी रानाको गत अप्रिल १७ मा मृत्यु भएको थियो । जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्व रानाको शवलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य शव सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल ल्याइएको हो ।

मृतकको शव नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पुरा गरी शव स्वदेश पठाउन करीव दुई हप्ताको समय लागेको हो ।

अमेरिकाबाट नेपाल शव पठाउन निकै लामो समय र जटिल प्रशासनिक एवं एयरलाइन्स सम्बन्धी प्रक्रिया पुरा गर्नुपर्दछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार