मंगलबार नुवाकोटमा ९४ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट । मंगलबार नुवाकोटमा ९४ जनामा कोरोनाको सक्रमण देखिएको छ त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले अस्पताल परिसरमा ८० जनाको पिसिआर परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने तादी गाउँपालिकामा २२ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । यस्तै दुप्चेश्वर गाउँपालिकामा ११ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण भएको छ ।

त्रिशूली अस्पतालमा जाँच गराउन गएका बिरामीमध्ये शंकास्पद १२ जना बिरामीको गरिएको एण्टिजेन परीक्षणमा थप ३ जनामा कोरोनाको सक्रमण पुष्टि भएसँगै नुवाकोटमा एकैदिन कोरोनाको सक्रमितको सङ्ख्या ९४ पुगेको हो ।

यस्तै अस्पतालले रसुवाका ८ जनाको पिसिआर परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धादिङका ३३ जनाको पिसिआर परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

नुवाकोटमा भेटिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार