नेपालबाट भारततर्फ अक्सिजन सिलिन्डर तस्कर, ३ आरोपित पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ बैशाख २०७८, मंगलवार समाचार

जनकपुरधाम । नेपालबाट भारततिर अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई पक्राउ गरेको छ ।

प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७/७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, वडा नम्बर २ बस्ने ५० बर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ बस्ने विपिन चौधरी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए ।

सोमबार राति ८ बजेतिर भारततर्फ लग्ने क्रममा उनीहरुलाई अक्सिजनको सिलिण्डरसहित नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार