प्रदेश नं २ का थप ३२३ जनालाई कोरोना पुष्टि

जनकपुर । प्रदेश नं २ का थप ३ सय २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, सिरहा पिसिआर ल्याब र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९६ महिला सहित ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ९५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए । मंगलबार पर्सामा ८७, धनुषामा ८०, महोत्तरीमा ४१, सप्तरीमा ४०, सिरहामा ३८, बारामा २४, रौतहटमा ४, सर्लाहीमा ३ र अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ६० पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार