ढुङ्गाले च्यापेर एकको मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ बैशाख २०७८, मंगलवार समाचार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटीको ढुङ्गाले च्यापेर मृत्यु भएको हो । सोही ठाउँका १८ वर्षीय सुजन जिसी घाइते भएका छन् ।

सोमबार साँझ पानी परेपछि उनीहरु ओत लागेर बसेको ढुङ्गा एक्कासी माथिबाट खसेर च्यापिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । उनीहरु बालुला लिन कालीगण्डकी किनारमा गएको समयमा पानी परेपछि ओत लाग्न ढुङ्गामुनि बसेका थिए । बोगटीको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा घाइते भएका जिसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसँगै ओत लागेर बसेका अर्का एक जना भागेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार