त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार बागमती

भरतपुर । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनको जानकारी दिए । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार