आगलागी पीडित ५८ घर परिवारलाई १४ लाख ३९ हजार ५ सय ६० रुपैयाँ नगद सहयोग

उज्यालो प्रतिनिधि ११ बैशाख २०७८, शनिबार समाचार

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा गत फाल्गुन १८ गते भएको आग्लागीबाट पीडित परिवारलाई धर्ती आमा कोष संस्थाले आर्थिक सहयोग गरेको छ । कार्यक्रममा प्रति पीडित परिवारलाई नगद २४ हजार ८ सय २० का दरले आगलागीबाट प्रभावित ५८ परिवारलाई १४ लाख ३९ हजार ५ सय ६० रुपँैया नगद वितरण गरिएको छ । उक्त कार्यक्रममा मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुको प्रमुख आथित्यता,आठराई त्रिवेणि गाउँपालिका अध्यक्ष विश्वनाथ सिटैला र संस्थाका अध्यक्ष विमला लिम्बु, संस्थाका सल्लाहकार समिति सदस्य बिजय गोठाले गौतमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार