अमेरिकी पूर्व उपराष्ट्रपति बाल्टरको निधन

उज्यालो प्रतिनिधि ७ बैशाख २०७८, मंगलवार समाचार

एजेन्सी । अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको सोमबार निधन भएको छ । सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएका अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए । त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनित पनि भएका थिए ।

मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र सोमबार निधन उनको परिवारले जनाएको छ । उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए । उनी १२ वर्ष सम्म अमेरिकाको सिनेटर भएका थिए । अमेरिकाको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए ।

उनी अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत पनि भएका थिए । मान्डाले ९३ वर्षका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार