रुद्रमती किनारको एक रोपनी आठ आना सार्वजनिक जग्गा अतिक्रमण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ बैशाख २०७८, आईतवार बागमती

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।

कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौँ महानगरपालिका–११ कार्यालयले जनाएको छ । सरकारी जग्गा हडप्ने डोटेललाई जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यलयबाट पत्राचार गरी प्रक्रिया अघि बढाइएको वडाअध्यक्ष हीरालाल तण्डुकारले राससलाई जानकारी दिए ।

मालपोत र नापी कार्यालयबाट दुवै कित्ताका सार्वजनिक जग्गाको निस्सा प्रमाण लिएर चालु आर्थिक वर्षमै उद्यान निर्माण गर्न लागिएको उनले बताए । एक हप्ताभित्र जग्गा खाली गर्न जनप्रतिनिधिले समयसीमा दिएको कार्यालय जनाएको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ एक हप्ताभित्र अतिक्रमित सार्वजनिक जग्गा नछोडे आफ्नो नेतृत्वमा डोजर प्रयोग गरेर खाली गराउने बताउछन । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमण विरुद्ध अभियान चलाएर खाली गराउन लागिएको उनले बताए । अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरेको जानकारी गराउन प्रदेशसभा सदस्य श्रेष्ठले स्थानीयवासीमा आह्वान गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार