त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्समाथि नेपाल विजयी

उज्यालो प्रतिनिधि ४ बैशाख २०७८, शनिबार खेल

काठमाडौं । टियु अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा आज शनिबार सम्पन्न भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

राष्ट्रिय टोलीबाट डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट अर्धशतकीय इनिङ्सले नेपाल नेदरल्यान्ड्समाथि ९ विकेटले विजयी भएको हो ।

नेपालको सहज जितका लागी युवा खेलाडी कुशल भुर्तेलले सर्वाधिक ६२ रन र आसिफले अविजित ५४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले अविजित १३ रन बनाए ।

नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । पहिलो विकेटको रुपमा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले १ सय १६ रनको साझेदारी गरे ।
कुशल र आसिफले गरेको १ सय १६ रनको साझेदारी टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक साझेदारी समेत हो ।

नेदरल्यान्ड्सका लागि जुलियन डे मेले मात्र एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो ।

नेदरल्यान्ड्सका म्याक्स ओ डोवड १० रनमा सन्दिप लामिछानेको एलबीडब्लुबाट आउट हुन पुग्यो । उनले ११ बलको सामना गरेका हुन् । लाई एलबीडब्लु आउट गरेका हुन् ।

त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए ।

त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँगै मिलेर नेदरल्यान्ड्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । उनले इड्वार्डसँग ६१ रनको साझेदारी गरे ।
तर, १४ औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड नेदरल्यान्ड्सको तेस्रो विकेटको रुपमा पेभिलियन फर्किए । ३० रनमा खेलिरहेका इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन् । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

यता इड्वार्डको विकेट लिएका शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो । चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लीडेलाई गुमायो । उनी १७ औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्दीपको स्पेलको चौथो ओभरको अन्तिम बलमा कुशल भुर्तेलले क्याच गर्दै बासलाई मैदान बाहिर पठाएका थिए । कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्का सहित २० रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चेर २ विकेट लिएका हुन् ।

त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । शाहब सबैभन्दा महंगा खेलाडी सावित भए । उनले चार ओभर बलिङ गर्दै ४५ रन खर्चेर एक विकेट लिएका थिए ।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार