मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण शुरु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ बैशाख २०७८, बिहीबार बागमती

मकवानपुर । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौँडाद्वारा शुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाख वजेट विनियोजन भएको केन्द्रले जनाएको छ । विद्युतीकरणका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको र केही स्थानमा निर्माण प्रक्रियासमेत भइरहेको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काम आगाडि बढाएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मकवानपुरको मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, वकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको छ ।

यसका साथै कार्यालयले काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल जडान गर्ने र तार तथा नयाँ टान्सफर्मरसमेत लगाउने काम गरिरहेको छ । कार्यालयका अनुसार विद्युत् मिटर लिने ग्राहकको सङ्ख्या ६५ हजार २५४ रहेको छ । चालू आवको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१ हजार ग्राहक रहेका थिए । विद्युत् महसुलवापत कार्यालयले मासिक रु १९ करोडभन्दा बढी रकम उठाउने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।

लामो समयसम्म विद्युत् महसुल नबुझाउने ग्राहकको सङ्ख्या २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ । तीमध्ये ५४० ग्राहकलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरुबाट रु ६६ लाख महसुल उठ्न बाँकी रहेको छ । साथै कारवाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने काम भइरहेको बताइएको छ । त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउनमा समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत मनहरि, भीमफेदी र फापरबारीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरिएको छ भने अनलाइनबाट समेत विद्युत् महसुल बुझाउने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार