सहकारी समृद्धिको मुख्य आधार : उपसभामुख शर्मा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ बैशाख २०७८, बिहीबार गण्डकी प्रदेश

गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताएका छन ।

पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित नव वर्षको शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण कार्यक्रममा उनले सहकारी उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताए ।

उपसभामुख शर्माले मानव अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहने बताउँदै आफ्न क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले स्थानीय उत्पादित वस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्पm लाग्नुपर्ने आवश्यकता औल्याए ।

संस्थाका अध्यक्ष वासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, संस्थाका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोला, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठ लगायतले सहकारीको महत्वमाथि प्रकाश पारेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार