मुख्यमन्त्री राईद्वारा नयाँ वर्षको शुभकामना

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ बैशाख २०७८, बुधबार १ नं. प्रदेश

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७८ सालको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना उनले गरेका छन ।

“देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमण समाप्त भएको हामीले ठानेका थियौँ तर राजनीतिक अस्थिरतामा आफ्नो भविष्य देख्ने, सधैँको किचलो र खिचातानीमा रमाउनेहरुले देशलाई पुरानै बाटोमा फर्काउन नखोजेका भने होइनन् । यद्यपि लामो राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक, सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीव्रगतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हाम्रो साझा जिम्मेवारी र दायित्वबाट हामी किञ्चित पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ”, मुख्यमन्त्री राईले शुभकामना सन्देशमा भन्नुभएको छ ।

बितेको झण्डै एक वर्ष कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँको वर्ष रहेको र आधा समय त लकडाउनमा नै बिताउनुप¥यो भन्दै सन्देशमा मुख्यमन्त्री राईले अझै पनि हामीहरु कोरोनाविरुद्धको लडाइँमै रहेकाले हामीले थप स्वास्थ्य सावधानी र सजगता अपनाउनु पर्ने उल्लेख गरेका छन । उनले थुप्रै प्रतिकूलताका बीच वर्ष २०७७ प्रदेश सरकारका लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको चर्चा गरेका छन । तीन वर्षअघि पहिलोपटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक, सामाजिक रूपान्तरणसहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धिको यात्रामा दृढ सङ्कल्पित रहेको सन्देशमार्फत उहाँँले विश्वास दिएलाएका छन ।

“हाम्रो प्रदेशमा भएका स्रोत, साधन र प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एवं समुन्नत बनाउने दायित्व हाम्रो काँधमा छ । नयाँ वर्ष २०७८ विकास निर्माणको महत्वपूर्ण उपलब्धि र परिणामका लागि स्मरणीय वर्षका रुपमा रहने मैले विश्वास लिएको”, सन्देशमा मुख्यमन्त्री राईले भनेका छन , “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षाका साथै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन हार्दिक अपिल गर्दछु ।”

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार