प्रदेश प्रमुख ‘प्यासी’द्वारा नयाँ वर्ष २०७८ को शुभकामना सन्देश

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ बैशाख २०७८, बुधबार १ नं. प्रदेश

काठमाडौँ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ वर्ष २०७८ को शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर उन्नति र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

उनले जारी गर्नुभएको शुभकामना सन्देशमा ऐतिहासिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक, भौगोलिक तथा वातावरणीय विविधताले युक्त यस पावन भूमि प्रदेश नं १ का स्वदेश तथा विदेशमा बसोबास गर्ने सबैलाई शुभकामना दिँदै हाम्रो प्रदेश सामाजिक सदाचार, आपसी मित्रता र अनेकताबीचको एकताको प्रतिविम्ब हो भनेका छन ।

यस्तो अलौकिक आनन्दमय प्रदेशमा बसोबास गर्ने यस प्रदेशका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई राष्ट्रियता, प्रजातन्त्र, आत्मसम्मान एवं मानवअधिकारको रक्षा र प्राप्तिका लागि निर्वाह गरेको अहम् भूमिकाप्रति प्रदेश प्रमुख प्यासीले हार्दिक धन्यवाद दिएका छन ।

उहाँले महान, वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहीदहरुको बलिदानीलाई पूर्ण गर्न अहोरात्र खटिने यस प्रदेशका र समग्र राष्ट्रका जिम्मेवार नेपाली नागरिकलाई होस्टेमा हैँसे गर्दै सम्मुन्नत राष्ट्रको विकासका निमित्त आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख प्यासीले विश्व कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भई नसकेकाले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार