काठमाडौँ । मानव जीवनमा सबैभन्दा ठुलो धर्म नै मानव सेवा हो भन्ने मुल मन्त्रलाई टेकेर समाजसेवी इशा गुरुङ समाज सेवामा लागिन । कास्कीको पोखरामा जन्मिएकी उनले वेलायती नागरिकसँग विवाह गरिन । इशाकी एक छोरी पनि छिन ।
लामो समयदेखि पर्देशमै रहे पनि देशको सेवामा भने उनी नजिकै बाट हातेमालो गरिरहेकी छिन । प्राकृतिक प्रकोप,बाढीपहिरो,आगलागी,भोकमरी जस्ता समस्याहरुमा परेका नेपालीहरुलाई उनले सशक्त रुपमा सहयोग गर्दै आएकी छिन् । अरुको पिडा र दु:खलाई पनि आफ्नै सम्झिन्छन उनी । आर्थिक अभावका कारण उपचार गर्न नसकिरहेका क्यान्सर,मृगौला पिडित,ब्लड मणी संकलन र देश विकासमा सामाजिक स्तरबाट उठेको सबै परियोजनामा उनले आर्थिक,भौतिक तथा मानसिक रुपमा समेत सहयोग गर्दै आएकी छिन् ।
कोभीड- १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लामो लकडाउनमा समस्यामा परेका, भोकै बसेका ज्याला मजदुरीहरुलाई खुल्ला मञ्चस्थित नि:शुल्क खाना खुवाउने अभियानमा उनले महत्त्वपूर्ण भुमिका खेलिन् ।
बाँकेको आगलागी पिडितहरुलाई सहयोग गर्न पठाउदै गरेको टोलिहरूको फोटो राख्दै उनी सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्- “नमस्कार , बाके आगोलागी पिडितहरु लाइ ४ दिन फ़िल्डमा खटेर सेवा गरे लगतै आज तेह्रथुम आगो लागी पिडितहरूलैइ आपातकालीन बिभिन्न राहात सहित ५ घर पिडित लाइ ६/६ हज़ार नगद दिएको छ , यों दुखद घडिमा आर्थिक रक़म सहयोग गर्नु हुने सम्पुरण मनका धनीहरू प्रति सलाम छ र फिल्डमा खटिनु हुने ब्बलु भाइ र उमेश भाइ लगायत अन्य स्थानीय गाउलेहरू लाइ पनि सम्मान छ , यहि हो मानबीय धर्म हो “वेलायतमा रहेर करिब १दशक देखि उनी देशको समाजसेवामा तल्लिन छन् अहिले सम्म इशा गुरुङले समाजसेवामा लाखौं रुपैयाँ खर्च गरिसकेको छ ।”














