पोर्टोमाथि चेल्सीको सहज जित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ चैत्र २०७७, बिहीबार खेल

एजेन्सी – मासन माउन्ट र वेन चिलवेलको गोल मद्दतमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनको पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पराजित गरेको छ ।

रोमन सान्चेज पिजुवान सेभिया स्पेनमा बुधबार राति भएको खेलमा चेल्सीले पोर्टोलाई २–० को हार चखाएको हो । मासन माउन्टले पहिलो हाफमा तथा वेन चिलवेलले दोस्रो हाफमा गोल गरेका थिए । खेलको २३औं मिनेटमा ओटाभियोले जेसस कोरोनासँग वान टु वान पासमा बनेको मुभमा ओटाभियोको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले बचाए ।

३२औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले जर्गिन्होको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा कर्नरबाट आएको बललाई पेपेले हेडर प्रयास गरेपनि गोलरक्षक मेन्डीले सहजै बचाउँदै अग्रता कायम राखे । ५६औं मिनेटमा लुइस डियाजको प्रहारले पोस्टको दिशा लिन नसक्दा पोर्टो बराबरीबाट चुक्यो ।

६०औं मिनेटमा चेल्सीका एन्टेनियो रुडिगरको प्रहारलाई पोर्टोका गोलरक्षक अगस्टिन मर्चेसिनले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा टिमो वेर्नरले अवसर पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेन । ८५औं मिनेटमा वन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । च्याम्पियन्स लिगमा चिलवेलको यो पहिलो गोल हो ।

यो जितसँगै चेल्सीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा चेल्सीलाई यही नतिजा अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ । पोर्टोलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो हुनेछ । दोस्रो लेग सेभियामै १४ अप्रिलमा हुनेछ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार