नेपोलीसंग २–१ ले युभेन्टसको जित

उज्यालो प्रतिनिधि २६ चैत्र २०७७, बिहीबार खेल

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा नेपोलीलाई २–१ ले पराजित गरेको छ ।

एलिएन्ज स्टेडियम टोरिनोमा बुधबार राति भएको खेलमा पाहुना टोलीका लोरेन्जो इन्सिग्नेले अन्तिम समयमा गोल गरेपनि हार टार्न सकेन । खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । उनले फेडरिको चिइसाको पासमा गोल गरेका थिए । त्यसअघि खेलको दोस्रो मिनेटमा डानिलोले ओभरल्यापमा गएर दिएको क्रस पासमा रोनाल्डोको फ्लिक हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३७औं मिनेटमा डानिलो र जुआन कोर्डाडोको समन्वयमा बनेको मुभमा कोर्डाडो चुक्दा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो । ४०औं मिनेटमा लोरेन्जो इन्सिग्नेको प्रहारलाई युभेन्टसका गोलरक्षक जियानलुजी बुफोनले बचाउँदै बराबरी टारे । ४८औं मिनेटमा डि लोरेन्जोको प्रहारमा बुफोन बाधक बन्दा नेपोली बराबरीबाट चुक्यो । ५३औं मिनेटमा अल्भारो मोराटाले काउन्टर अट्याकमा जुआन कोर्डाडोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो ।

५८औं मिनेटमा इन्सिग्नेको प्रहारमा पुन बुफोन नै बाधक बने । ६०औं मिनेटमा फेडरिको चिइसा र मोराटाको वान टु वान मुभमा मोराटाले गोल गर्न सकेनन् । ७१औं मिनेटमा माटियो पोलिटानोले सुवर्ण अवसर खेलर फाल्दा नेपोली बराबरीबाट चुक्यो । त्यसको दुई मिनेट पछि पाउलो डिवालाले गोल गर्दै युभेन्टसलाई २–० ले अघि बढाए । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

८८औं मिनेटमा नेपोलीले पेनाल्टीको अवसर पायो । म्याथ्थिज डि लेग्टले पेनाल्टी बक्समा ओसिमहेनलाई लडाएपछि प्राप्त पेनाल्टीमा इन्सिग्नेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो ।

जितसँगै युभेन्टस २९ खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग १२ अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछि छ । पराजित नेपोली ५६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार