नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ चैत्र २०७७, बिहीबार समाचार

काठमाडौँ । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।

भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेको वातावरण विभागको वायु गुणस्तर अवलोकन प्रणालीले जनाएको छ । बुधबार बिहानदेखि मध्यान्हसम्म वातावरण थोरै उज्यालियो । अपरान्हपछि उस्तै गाढा बन्न पुग्यो । यस्तै अवस्था कायम रहे मानिस घरभित्रै बसे पनि सुख पाउनेछैनन् । भित्रै बस्दा पनि आँखा पोल्ने, घाँटी खि¥याउने जस्ता समस्यासँगै बालबालिका र ज्येष्ठ नागरिकमा समस्या पर्न थालेको काठमाडौँवासी बताउँछन् ।

सिमरा, भरतपुर पोखरालगायतका स्थानमा वायु प्रदूषण उच्च बन्दै गएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले हरेक दिन दिउँसो केही कम प्रदूषण देखिए पनि आगामी दिनमा प्रदूषण थप बढ्ने बताए । उनका अनुसार यसै विषयमा वन तथा वातावरण मन्त्रालयमा थप छलफल भएको छ । सोमबार एकै दिन देशका आठ सय स्थानमा डढेलो लागेको थियो । आइतबार ७२८ स्थानमा डढेलो लागेको थियो । मङ्गलबार अपराह्न केही घटेको डढेलो बुधबार बिहान फेरि बढेको छ । गोरखापत्र दैनिक ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार